
माघ-२६,काठमाडौ ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार सूचना प्रकाशित गर्दै लिखित परीक्षा पास भएको १८ महिनासम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने जानकारी दिएको हो।
यसअघि ९० दिनभित्र तीनपटक मात्र रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था थियो।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्याएको विभागका निर्देशक डा. लोकनाथ भुसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।