
२५ माघ, काठमाडौं
संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा (प्रचण्ड–माधव समूह) निकट विद्यार्थीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विरोध पत्र बुझाउने भएका छन ।
अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ नेतृत्वका विद्यार्थीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर विरोध पत्र बुझाउन लागेका हुन् ।
अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले आज दिउँसो विरोध पत्र बुझाउने भए पनि समय निश्चित हुन बाँकी रहेको बताए । उनले भने, ‘सकेसम्म प्रधानमन्त्रीलाई नै भेटेर, नभए सचिवालयमा विरोध पत्र बुझाउने योजना छ । हामी समय मिलाउने प्रयासमा छौं ।’
अनेरास्ववियूको तामाङ नेतृत्वको समूहले संसद विघटन भएको विरोधमा तेस्रो चरणका आन्दोलनको कार्यक्रम गर्दै आएको छ ।