
माघ-२४,काठमाडौ ।
यो वर्षमा पहिलो पटक चन्द्रागिरिमा हिउँ परेको छ ।
पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानमा हिउँ परेकाे हो।
चन्द्रागिरि डाँडामा हिउँ परेपछि बालबालिकादेखि युवायुवतीहरू हिउँको मज्जा लिन चन्द्रागिरि पुगेका छन्।