
माघ-१९,बाँके
✍️बिजय काफ्ले
ईलाका प्रहरी कार्यालय कोहलपुरले माघ ५ गते कोहलपुर नगरपालिका वडा नम्बर ५ रझेना स्थित चोरी भएको मोटरसाइकल मिति २०७७ माघ १० गते मोटरसाइकल सहित ३ जनालाई पक्राउ गर्छ र बिज्ञप्ति सार्बजनिक गर्छ ।
ईलाका प्रहरीको अधिकारिक समाजिक संजालबाट सार्बजनिक गरेको बिज्ञप्तिमा उल्लेख गरिएको थियो ।
त्यस बिज्ञप्तिमा प्रष्ट भनिएको छ कि “मोटरसाइकल सहित चोरी गर्ने तीन जना ब्यक्ति लाई पक्राउ गरेको छ” ।
तर ईलाका प्रहरी कार्यालयले आज सम्म अनुसन्धान गर्ने भन्दै चोरी भएको प्रमाणित हुदा समेत सामान्य “अभद्र ब्यवहारको” मुद्दा चलाएको छ ।
यस बिषयमा हामिलाई विशेष सूचना प्राप्त हुन साथ हामिले ई.प्र.का कोहलपुरका प्रमुख रबिन्द्र खनाल सङ फोन सम्पर्क गर्छौ, खनालका अनुसार “चोरहरुको गिरोह ठूलो भएकाले अनुसन्धान गर्न सहज हुने भन्दै अभद्र ब्यवहारको मात्र मुद्दा चालाइएको हो” , “यस बिषयमा मलाई भन्दा पनि मुद्दा शाखाका प्रहरी निरीक्षक शुभराज बम सङ जानकारी लिनहुन” उनले अनुरोध गरे ।
इ.प्र.का. कोहलपुर मुद्दा शाखाका प्रहरी निरीक्षक बम सङ हामी फोन सम्पर्क गर्यौ । निरीक्षक बम का अनुसार “मोटरसाइकल धनीले मोटरसाइकल पनि चाहिने र मान्छे पनि थुनिनु पर्ने भनिएकाले र जाहेरि किटान पनि अभद्र व्यवहार नै भनी आएका कारण सो चोरी मुद्दालाई अभद्र ब्यवहार मुद्दा चलाइको हो र अझै चोर नै हो भनी प्रमाणित भएपछी मात्र चोरी मुद्दा लग्ने” उनि बताउछन । तर ईलाका प्रहरी कार्यालय कोहलपुरले माघ १० गते नै चोर लाई प्रमाणित गरि ‘चोर सहित मोटरसाइकल पक्राउ’ भनी बिज्ञप्ति निकालेको थियो ।
त्यस पछि हामीले सवारी चोरी भएका मोटरसाइकलका मालिक पिडित सङ सम्पर्क गर्यौ। चोरी भएको सवारी धनीका अनुसार “प्रहरी सङ छलफल गर्दा चोरी मुद्दा लगाए मोटरसाइकल पाउन ढिलो हुने र अभद्र ब्यवहारको मुद्दा चलाएक तुरुन्त मोटरसाइकल पाइने कुरा प्रहरीले गरे पछि मैले अभद्र ब्यवहारको मुद्दाको लागि जाहेरी दिएको हु ,तर आज बिहान फेरि ईलाकाले मोटरसाइकल लग्यो”।
स्रोतका अनुसार “ठूलो आर्थिक चलखेल गरि अपराधीलाई मुक्ति दिने हेतुले चोरी मुद्दा नचलाई सामान्य प्रबृत्तिको अभद्र ब्यवहारमा मुद्दा चलाई अपराधी उन्मुक्ति दिने कार्य भएको स्रोतले बताएको छ ।”
मुलुकी अपराध ऐन २०७२ ले पनि झुट्टा प्रमाण खडा गरि बदनियत पुर्बक अनुशन्धान गर्न नहुने कानुनी ब्यवस्था हुदा पनि आर्थिक चलखेलकै कारण झुट्टा मुद्दा चलाई अपराधीलाई उन्मुक्ति दिने हिसाबले काम कामकारबाही गरेको हुनसक्ने यी माथी उल्लेखित घटनाक्रम हेर्दा देखिन्छ ।
सत्य तथ्य छानबिन गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख Sp श्री ओम बहादुर राना लाइ जानकारी सहित ध्यानाकर्षण गराएका छौ ।
यस बिषयमा चोरी गर्ने गिरोहलाई बचाउन मिलेमतो वा सेटिङमा मुद्दालाइ मोडतोड गर्ने प्रहरि अधिकारि माथी आवश्यक अनुसन्धान गरि कानुनी दायरामा ल्याउनु जरुरी छ ।