माघ-१०,बाँके

बाँकेको नेपालगन्ज स्थित नक्कली लाइसेन्स बनाउने एक व्यापारी पक्राउ परेका छन् । त्रिभुवनचोकमा रहेको फेवा फोटोकपी तथा मोबाइल रिपेयरिङ सेन्टरमा प्रहरीले छापा मारेर नक्कली लाइसेन्स बनाउने पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

स्मार्ट ड्राइभिङ लाइसेन्स प्रतिव्यक्ति ५ हजारा रुपैयाँ लिएर बनाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । लाइसेन्स चेकका क्रममा आशंका लागेपछि नक्कली लाइसेन्सधारी एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा वडा प्रहरी कार्यालयको टोलीलाई ती व्यक्तिले उक्त पसलबाट लाइसेन्स लिएको बताएपछि सञ्चालक पक्राउ परेका हुन् ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी सुवास खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख