
माघ-८,बाके
राप्रपाको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण कार्यक्रम आज राप्रपा बाकेले सम्पन्न गरेको छ ।उक्त कार्यक्रम सगै विशेष गरि काङ्ग्रेसका नेताकार्यकर्ताहरु पार्टी परित्याग गरि राप्रपा बाकेको प्रवेश कार्यक्रम पनि सम्पन्न भएको छ ।
२०५६ सालदेखि अनवरत रुपमा काम गर्दै तरुण दल कोहलपुर का.वा. सभापति सम्हाल्दै पार्टीको हरेक आन्दोलनमा अग्रपंक्तिमा मोर्चाहरु को नेतृत्व का साथै तरुण दल वाँके को जिल्ला सदस्य र पार्टी का क्रियासिल सदस्य अर्जुन जँग शाहको नेतृत्वमा अन्य नेता कार्यकर्ता प्रबेश गरेको राप्रयुसङ का जिल्ला उपाध्यक्ष युबराज शाहिले जानकारी दिएका छन ।
शाहलाई आज नै राप्रपा बाकेले जिल्ला कमिटी सदस्यमा मनोनीत गरेको छ ।
कार्यक्रममा राप्रापा पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर एबम राप्रपाका नेता डा.धवल शमशेर राणा,पुर्ब मन्त्री प्रेम बहादुर भण्डारी,राप्रपा केन्द्रिय सदस्य ऋषिराज देबकोटा,हुकुम के.सि.,अरुण शर्मा,लालबहादुर वलि आदि नेताहरुको उपस्तिथि रहेको थियो ।