
३ कार्तिक,
सल्यान । सल्यानमा धारिलो हतियारले प्रहार गरी श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन ।
सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नंं. ५ स्थित तिमिलेमा बस्ने ४७ वर्षिय कविराम खड्काले धारिलो हतियारले प्रहार गरी आफ्नै श्रीमाती ४२ वर्षिय कली खड्काको हत्या गरेका छन ।
प्रहरीका अनुसार, घरायसी विवाद हुँदा मदिरा सेवन गरेको समयमा टाउको र घाँटीमा हतियारले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न कविलाई प्रहरीले नियन्त्रणमा लिएको छ।