
३ कार्तिक,
दाङ । दाङमा खौरा खोलाले पाँच जना यात्रु सवार जीप बगाएको छ ।
गए राती करिब ११ बजेको समयमा दाङ जिल्लाको गढवा गाउँपालिका वडा नंं. २ महदेवस्थित बा १७ च ५३४४ नम्बरको जिप गढवाबाट पोखरातर्फ जाँदै गर्दा अविरल बर्षाको कारण खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार, जिपमा पाँच जना सवार यात्रुले हाम फालेर ज्यान जोगाएका छन भने खोलामा बगेको गाडी निकाल्ने प्रयास भइरहेको छ ।