२ कार्तिक,

आज नेपाल स्टक एक्सचेञ्ज शेयर बजारमा ७७.३३ अंक गिरावट भएको छ । यो संगै नेप्सेमा ९५ लाख ७५ हजार ६०१ कित्ता शेयर ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार ९९५ रुपैयाँमा कारोबार भएको छ ।

सेन्सेटिभ इन्डेक्स १३.२८ र फ्लोट इन्डेक्स ५.२९ अंक घटेको छ । फाइनान्स समूहको शेयरमा सबैभन्दा बढी ५.९ प्रतिशत गिरावट आएको छ । जलविद्युतमा ४.४७ र विकास बैंक समूहमा ४.१४ प्रतिशत पहिरो देखिएको छ ।

बैंकमा लगानी लगाउने रकम अभाव भएपछि सो बैंकहरुले ब्याजदर बढाउँदा नेपालको पूँजीबजार थप घटेको हो ।

बैँकहरूबीच ब्याजदर बढाउने प्रतिष्पर्धा हुँदा निक्षेपमा ११ प्रतिशतभन्दा पनि धेरै ब्याजदर प्रस्ताव गरेका छन् । जसकारण धेरै कर्जा लिएर शेयरमा लगानी गरेका लगानीकर्ताले उच्च ब्याज तिर्नुपर्ने हुन्छ ।

घट्दो बजारमा बैंकको उच्च ब्याज तिर्नुपर्ने डरले लगानीकर्ताको मनोबल हतोत्साहित हुँदा बजार साढे १ बजेसम्ममा १०१.९२ अंकले घटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख