
२ कार्तिक,
बर्दिया । गत महिनाको ३१ गते देखी लगातार अविरल वर्षाको कारण बर्दियाको कर्णाली र बबई नदीमा बाढीले खतराको सतह पार गरेकोछ ।
कर्णालीमा नदीको सतह १० मिटर भन्दामाथि र बबईमा ५ दशमलव ५ मिटर भन्दामाथी पुगेको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।
कर्णालीको सतह १०.५ मिटरमाथि पुगेमा तल्लो तटिय क्षेत्रमा बाढी पस्ने खतरा हुन्छ । यस्तै बबईको सतह ६ मिटर पुगेमा तल्लो तटिय क्षेत्रका मानव बस्तीमा बाढी पस्ने सम्भवना बढी हुने जिल्ला अधिकारी सुनारले बताए ।
दुवै नदिको बाढीले पानीको सतह बढेपछि तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दालाई उच्च सर्तक रहन आग्रह गरिनुका साथै खतराको साइरन समेत बजाइएको छ ।
कर्णाली र बबईमा बाढी आउँदा बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, ठाकुरद्वारा, बारबर्दिया, गुलरिया नगरपालिका लगायत ठाउँ जोखिममा रहेका छन् ।