
माघ-५, पेट्रोल, डिजेल र मट्टीतेल तेलकाे मूल्य बढाइएकाे छ ।
नेपाल आयल निगमले साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।
पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ । यसअघि प्रति १५ दिनमा इन्धनबाट साढे ६७ करोड रुपैयाँ घाटा हुने देखिएपछि इन्धनको मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।
अहिले कायम हुने नयाँ बिक्री मूल्यअनुसार निगमलाई अझै पनि प्रति १५ दिनमा ५० करोड रुपैयाँ घाटा छ । डेढ महिनाको अन्तरालमा इन्डियन आयल निगम (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार सबै प्रकारका इन्धनमा ७-७ रुपैयाँ महँगो र एलपी ग्यास १९ रुपैयाँ महँगो भइसकेको छ । यसै कारणले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।