२ कार्तिक,

बाँके । बैजनाथ गाउँपालिकामा एक महिलाको महिलाको करेन्ट लागेर मृत्यु भएको छ । सो घटनाको कारण विधुत प्राधिकरणको लापरबाहीले भएको भन्दै वडा नं. ४ वानियाभार स्थितको सडक स्थानियले चक्काजाम गरेका छन ।

विद्युतको पोलहरु ढलेर तार बोडीको झयाङ्गमा आल्झिएको नदेखेर बोडी टिप्न गएकी हाल बर्दिया घर भई बैजनाथ गाउँपालिका वडा नं. ३ सुतैयाँमा छोरीको घरमा बस्दै आएकी करिब ४५ वर्षिय इन्द«माया देवी कवरको करेन्ट लागेर मृत्यु भएको हो ।

गत महिनको ३१ गते देखीको लगातार अविरल भरि वर्षाको कारण विभिन्न ठाउँहरुमा विधुतको पोलहरु ढलेर तारहरु भुइमा लठालिङ्ग लात्रिएको विधुत प्राधिरकरणलाई जानकारी दिदा पनि तार र पोलहरु व्यवस्थित नगरी आज मंगलबार कोहलपुर विद्युत सव स्टेशनले विद्युत प्रवाह गराएर मान्छे मारेको भन्दै स्थानियले अहिले उक्त क्षेत्रमा सवारी चल्न दिएका छैनन् ।

कोहलपुर देखि करिव ४ किलोमिटर उत्तरमा रहेको बानियभार, सुर्खेत रोडमा स्थानीय वासिन्दाले अहिले सडकमा चक्काजाम गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख