
२ कार्तिक,
बाँके । लगातार अबिरल बर्षाले आएको राप्ती नदीको बाढीमा फसेकाहरुको बाँके प्रहरीले सकुशल उद्धार गरेको छ ।
डुडुवा गाउँपालिका वडा नं.५ खजुरा स्थित राप्ती नदीको बिच टापुमा ४ जना माछा मार्ने क्रममा अड्केको सुचना पाउन साथ इलाका प्रहरी कार्यालय बनकट्टी र सशस्त्र प्रहरी बल नं. ३० गण हेडक्वाटर बाँके बाट खटिएको सयुक्त प्रहरी टोलीले डुडुवा गाउँपालिका वडा नं. ४ स्थित मसाहगाऊमा बस्ने ५५ वर्षिय सौखत नाउ, सोही ठाउँको ४५ वर्षिय साबिर खाँ, ३० वर्षिय प्रमोद लोहनिया र ६० वर्षिय नजिर खाँ को सकुशल उद्धार गरेको छ ।