
१ कार्तिक,
बाँके । नेपालगंजमा स्कारपियोले ठक्कर दिदा एकको मृत्यु भएसंगै एक जना घाइते भएका छन ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको गाडी बा १४ च १३८७ नम्वरको स्कारपियोको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं.१७ का ४२ वर्षीय अर्जमान इद्रिसीको मृत्यु भएको छ भने सोही स्थानको २५ वर्षीय सलमान इद्रिसी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन ।
डिएसपी न्यौपानेको अनुसार, उक्त स्कारपियो वीपीचोकदेखि भन्सारतर्फ जानेक्रममा गणेशमान चोकमा पुग्दा साइकल यात्रीलाई ठक्कर दिएको थियो । प्रारम्भिक अनुसन्धन अनुसार स्कारपियो चालकले मदिरा सेवन गरेका थिए ।
घाइते सलमान इद्रिसीको नेपालगंज मेडिकल कलेजमा उपचार भइरहेको डिएसपी न्यौपानेले जनाएका छन ।