
१ कार्तिक,
नेपाल क्रिकेट संघ (क्यान)ले परूष टिमका लागि मुख्य प्रशिक्षक पदमा आवेदन खुला गरेको छ ।
क्यानले सोमबार नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।
मुख्य प्रशिक्षक अस्ट्रेलियाली नागरिक डेभ ह्वाटमोरले गत भदौ ११ मा राजीनामा दिएपछि उक्त पद रिक्त भएको हो । रिक्त पदका लागि क्यानको बोर्ड बैठकले दशैंअघि नै दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।
दरखास्त दिने समय अंगे्रजी मिति अक्टोबर ३१ र नेपाली मिति कार्तिक १४ गते सम्म आवेदन दिन सकिने छ ।