१ कार्तिक,

पोखरा । लागुऔषध सहित पोखरामा २ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेहरुमा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १३ बाझापाटनमा बस्ने ३५ वर्षिय बिनोद विक र सोही ठाउँको वडा नं. २० मौजा घर भई हाल १३ बाँझापाटनमा बस्ने ३६ वर्षिय अर्जुन गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, विशेष सुचनाको आधारमा अर्जुन गुरुङ र बिनोद बि.क.को शरिर रितपुर्वक खानतलासी गर्दा निज अर्जुन गुरुङको कोठाबाट अवैध लागुऔषध नुर्फिन १४ एम्पुल, फेनारगन १४ एम्पुल, डाईजेपाम १४ एम्पुल गरी जम्मा ४२ एम्पुल अवैध लागुऔषध, नगद रु. २६१००÷–र मोवाइल– थान २ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त पक्राउ परेकोहरु माथि थप आवश्यक कारवाहीको लागि तालुक जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख