३१ असोज,

बर्दिया । बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

बर्दिया र सल्यानको सिमानामा रहेको बाटुले भन्ने ठाउँमा बबई नदीमा नुहाउने क्रममा शुक्रबार बिहान देखि बेपत्ता भएका कालीमाटी गाउँपालिका वडा नम्बर ७ को बाटुलेमा बस्ने ३५ वर्षीय श्याम विकको शव आज आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

उक्त शव घटनास्थल भन्दा करिब २ किलोमिटर दक्षिण तर्फ फेला परेको हो । प्रहरीको प्रराम्भिक अनुसन्धन अनुसार युवकले मादक पदार्थ सेवन गरेका थिए । नदी ठूलो र बहाव बढि भएकोले उनी बगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख