
३१ असोज,
धनगढी । धनगढीमा एक जना मृत फेला परेका छन ।
मृतफेला पर्नेमा, धनगढी उपमहानगरपालिका वडा नं. ७ बेलीमा बस्ने २५ वर्षिय रमेश चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, चौधरीका शव घर नजिकैरहेको चौरमा फेला परेको हो । प्रारम्भिक अनुसन्धनमा शरीरमा चोटपटक देखिएकोले हत्याको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।