असोज-२९,बाके

ईलाका प्रहरी कार्यालय कोहलपुरमा विभिन्न कारणले थुनामा रहेका ब्यक्तीहरुलाई दशैमा टिका र जमरा लगाइएको छ।

ईप्रका कोहलपुरका प्रहरी निरीक्षक होम प्रकाश चौधरीका अनुसार “थुनुवाहरुको मनोबलमा नकारात्मक असर नगरोस् र हिन्दुहरुको माहान चाडमा कसैलाई न्यास्रो नलागोस भन्नका लागि यस २०७८ सालको बडा दशैको टिका सबैलाई लगाईएको हो । विभिन्न कारण बाट तथा आरोपबाट थुनामा पर्दा मानसिक रुपमा असर हुन सक्छ त्यसैले हामिले कसैलाइ नछुटाएर टीका लगाउदै गर्दा थुनुवाहरु निकै खिशीले गदगद रहेको देखिन्थे ।”

बाँके अपडेट सङ कुरा गर्दै चौधरी भन्छन “डिएसपी साहेब र म पनि घरमा नगएर यस क्षेत्रको शान्ती सुरक्षा चुस्त दुरुस्त कायम राख्नका निमित्त कार्यालयमा नै बसि सेवा दिइ रहेका छौ । चाडपर्बमा हुने दुर्घटना,जुवा,तास आदि जस्ता गलत गतिबिधि नहोस भन्नका निमित्त घर नै नगइ काममा लागिपरेका छौ ।”

ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चौधरी निकै जनप्रीय प्रहरीको रुपमा समेत कार्यसम्पादन गर्दै आएको जानकारहरु बताउछन । उनको सरल स्वभावका कारण पनि उनी कार्यसम्पादनमा निकै सकृय र अब्बल मानिन्छन ।

प्रतिक्रिया

सम्बन्धित ख