
२५ असोज,
पछिल्लो २४ घण्टामा देशभरमा ७८५ जना नया संक्रमित थपिएका छन भने १२ जनाको मृत्यु भएको छ ।
यो सहित कुल मृतकको संख्या ११ हजार २४३ पुगेको छ ।
मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ छ ।
देशभर होम आइसोलेशनमा हुनेको संख्या १३ हजार ६२२ र १ हजार १६५ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।