
माघ-२ बाके
बाँकेमा राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत सहायक सूचकको हत्या भएको छ । प्रहरीका अनुसार मृतक राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत सहायक सूचक परविन थापा मगर रहेको जनाएको छ ।
मृत फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको बताइएको छ । बाँके प्रहरी प्रवक्ता सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत परविन थापा मगरलाई लागेको चोट संकास्पद भएको जनाए ।
घटना बारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।