
२५ असोज,
नेपाली राष्ट्रिय खेलाडी क्रिकेटर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थका उत्कृष्ट खेलाडी बनेका छन ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।
सेप्टेम्बर महिनामा भएको खेलहरुमा खेल प्रदार्शनको आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ ब्याटर जसकरण मलहोत्रा परेका थिए ।
सन्दीपले ओमानमा भएको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट बलिङ गर्नुका साथै एकदिवसीय खेलमा १८ विकेट लिएका थिए ।
उनी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हिर्काउने चौथो खेलाडी बनेका थिए। खेलमा उनले नटआउट १७३ रन जोडेका थिए।