
२५ असोज,
दाङ । खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
दाङ जिल्लाको गढवा गाउँपालिका वडा नं. ७ स्थित चन्दनपुरमा बस्ने रुपलाल नेपालीका छोरा ४ वर्षिय स्वरुप नेपाली को मृत्यु भएको हो ।
आफ्ने घर अगाडी रहेको गुरुङ खोलामा खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारको लागि लमही अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।