असोज-२५,बाँके ।

बाँके जिल्ला भर एबम विशेष गरि कोहलपुर क्षेत्रमा जुवा/तास को बिगबिगि रहेको देखिन्छ ।

जुवा तास लाखौ करोडौं सम्म हुने गरेको बाँके अपडेट लाई बिशेष सुचना प्राप्त भएको छ । यस बारेमा प्रहरी पुरै जानकार भएता पनि देखे नदेखे झै गर्छ प्रहरी । विभिन्न स्रोतले ईलाका प्रहरी कार्यालय कोहलपुर लाई जुवा भएको सुचना दिदा पनि प्रहरीले झारो टारेको र खासै एक्सन नलिएको स्रोतको दाबि छ ।

बिगतका घटनाक्रम हेर्दा ठुला सेटिङवाला जुवाडे लाई प्रहरिले वास्ता नगर्ने र सेटिङ नमिल्ने साना जुवा र जुवाडे पक्राउ गरि हाइ हाइ मात्र कामाउने गरेको देखिन्छ । तर पटक-पटक एउटै जुवाडे पक्राउ गर्दा समेत ती जुवाडे लाई त्यसै पावर र सेटिङको भरमा यस अघि छाड्ने गरेको जानकारहरु बताउछन ।

कोहलपुरमा लाखौको जुवा हुने गरेको स्थान र खेलेको सबै जानकारी दिदा समेत प्रहरि द्रुतगतिमा काम कार्बाही नगर्दा जुवाडेको मनोबल बढेको र दैनिक जसो लाखौको जुवा कोहलपुरमा भइ रहेको स्रोत बताउछ । ती जुवाडेहरु सङ समेत ईलाका प्रहरी कार्यालय कोहलपुर डिएसपि रबिन्द्र खनालको राम्रो हिमचीम र ब्यक्तिगत समन्ध राम्रो रहदा जुवा कोहलपुरमा मौलाएको देखिन्छ ।

साना जुवाडे समात्ने र ठुला पेशेवर जुवाडेलाई वास्ता नगर्दा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख रबिन्द्र खनाल माथी नै प्रश्न उठेको छ ।

जुवाडेको चाजोपाजो समेत डिएसपिका आसेपासेले गर्ने गरेको पाइएको छ ।

कोहलपुरमा प्रहरीको नाम बेचेर पैसा असुली गर्ने गिरोह समेत सकृय छ । तर यस्ता बिषयमा ईलाका प्रहरी कार्यालय मौन छ ।

प्रतिक्रिया

सम्बन्धित ख