
२५ असोज,
कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा रहेका एक जना मृत फेला परेका छन ।
इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्ष भित्र रहेको शौचालयको भेन्टिलेटरको सरियामा झुण्डिएको अवस्थामा सुर्खेतको चौकुने गाउँपालिका वडा नं.३ बेतानका ३५ वर्षीय धनबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार, कैलालीको जानकी गाउँपालिका वडा नं.१ को तोरैयापुरका पुलुराम थारुको एउटा भैंसी चोरेको आरोपमा पक्राउ परेका थिए । उनी आज विहान झुण्डिएको अवस्थामा मृत फेला परेका हुन ्।
सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।