
२५ असोज,
कैलाली । भारतबाट अवैधरुपमा भन्सार छली ल्याएको अन्दाजी चार लाख बराबारको सामान प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार, कैलाली जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नं. ९ स्थित सडक खण्डमा भन्सार छली ल्याएको विभिन्न सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त सामानहरु थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलालीलाई बुझाईएको प्रहरीले जानकारी गराएको छ ।