
२४ असोज,
सुर्खेत । कर्णाली नदीमा डुङ्गा पल्टिदा एक युवती बेपत्ता भएकी छिन ।
सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा न.१० कुमाला बाट जिल्ला कैलाली मोहन्याल गाउँपालिका वडा न.०३ राजीरिक्चा तर्फ आउदै गरेको डुङगा पाल्टिएको हो ।
उक्त डुंगामा सवार ६ जना मध्ये जिल्ला सुर्खेत चौकुने गाउँपालिका वडा न.१० कुमालामा बस्ने अन्दाजी वर्ष १८ की अनिता वि.क पानीमा डुबी बेपत्ता भएकी हुन ।
सोही डुंगामा सवार अन्य ५ जनाको शकुशल उद्दार गरीएको र घटनास्थलमा बेपत्ताको खोजी कार्यको भईरहेका प्रहरीले जनाएको छ ।