
भारतमा उत्पादित कोरोना भ्याक्सिन कोभिशिल्डले नेपालमा अनुमति पाएको छ । औषधि व्यवस्था विभागले विज्ञप्ति जारी गर्दै आपतकालीन प्रयोगका लागि नेपालमा अनुमति दिएको जनाएको छ ।
कोभिशिल्ड औषधि अक्सफोर्ड युनिभर्सिटी र एष्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको तथा भारतको सेरम इन्टिच्युटले उत्पादन गरेको हो ।