
२४ असोज,
कैलाली । लागुऔषधसहित कैलालीमा चार जना पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा, कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका १३ राजपुर बस्ने बर्ष १८ को आकाश राना, सोही ठाउँको बर्ष १८ को राजेश राना, बर्ष १८ को राजकुमार राना र वडा नं. ८ मा बस्ने बर्ष १८ की सुजिता राना रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, धनगढी उप–महानगरपालिका १३ राजपुर बस्ने प्रेम सागर रानाको घरमा लागुऔषध सेवन गरी रहेका छन भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटीएको प्रहरी टोली पुग्दा कोठामा बसी लागु औषध सेवन गरी रहेका अवस्थामा फेला उनीहरुको साथबाट प्लाष्टिक सहित तौल गर्दा ४ ग्राम १८० मिलिग्राम र खाली तौल गर्दा ३ ग्राम ६९० मिलिग्राम लागु औषध (खैरो हिरोईन) बरामद गरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी गराएको छ ।