
२४ असोज,
सम्मानिय प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा पत्र स्वीकृत गरेका छन ।
देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार रिक्त मन्त्रालयको सूचना राष्ट्रपति कार्यालयमा पठाउने तयारी भइरहेको जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै विवादमा मुछिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आज विहान प्रधानमन्त्री देउवालाई राजीनामा पत्र बुझाएका थिए ।
उनले पत्र बुझाउदै आफ्नो चरित्र हत्या हुन लागेको भन्दै राजीनामा दिएको हुँ भनि बताए । हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल छन्। उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदमा बसेर काम गरिसकेका छन्।