
असोज-२३,बाँके
महिला अधिकारकर्मी सावित्री सुवेदी र साथै अर्कि महिला अधिकारकर्मी अम्बिका काफ्लेको समेत यतिबेला बाँके अएकि छिन ।
बाँकेको बैजनाथ गाउपालिकामा रहेको दिप ज्योती माध्यामिक बिद्यालयका प्रीन्सिपल दमन पाण्डेले नै बिद्यार्थीसङ यौन शोषण गरेको र हत्याको दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका छन ।
सोही घटानाको बास्तबिकता बुझ्न र दोशी जो सुकै भएता पनि कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कार्बाहि होस भन्नका निमित्त बाँके जिल्ला आएको अभियान्ता सुबेदीको भनाइ छ ।
यदि दोशीलाइ कार्बाही नहुने हो भने भने नारी हिंसा विरुद्धको आवाज बुलन्द पार्ने चेतावनी समेत सुबेदीले दिएकी छिन ।
पीडित परिवार र ईलाका प्रहरी कार्यालय कोहलपुरमा समेत उनले घटनाको सत्य तथ्य बुझ्न गएकी थिइन ।साथै अर्कि बाँँकेकि महिला अधिकारकर्मी अम्बिका काफ्लेको समेत उपस्थिति रहेको थियो ।
उनी नारी विरुद्ध हुने हिंसाको बिरोधमा देश ब्यापी रुपमा जाने गर्दछिन । उनी महिला अधिकारकर्मी एबम अभियान्ताको रुपमा परिचित छिन ।