असोज-२३,बाँके ।

आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

पक्राउ पर्नेमा बैजनाथ गाउपालिका चिसापानी स्थित दीपज्योति सेकेन्डरी स्कुलका प्रधानाध्यापक दमन पाण्डे रहेका छन् । उनलाई आफ्नै छात्राको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एक साताअघि सोही स्कुलबाट गत वर्ष एसईई परीक्षा दिएकी १७ वर्षीया एलिसा शाहले आत्महत्या गरेकी थिइन् भने मृतकको मोबाइलबाट प्रिन्सिपल पाण्डेले पठाएका केही अश्लील एस.एम.एस देखिएपछि मृतकका परिवार र आफन्तहरुले आत्महत्या हुनुमा प्रिन्सिपलको हात देखिएको भन्दै स्कुलमा ढुंगामुडासमेत गरेका थिए ।

पक्राउ परेका प्रिन्सिपल पाण्डेले छात्रा शाहलाई वर्षौँदेखि दुर्व्यवहार गर्दै आएको एक प्रदर्शनकर्ताले बाँके अपडेट लाई बताए ।

प्रहरीका अनुसार प्रिन्सिपल पाण्डेले बाल्यकालदेखि उक्त स्कुलको होस्टेलमा बसेर पढेकी शाहलाई  त्यसबेलादेखि नै  उनले अश्लील म्यासेज र तस्बिर पठाएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

गत साता शाह आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् । घटनापछि उनको मोबाइलमा पाण्डेले अश्लील एसएमएस पठाउने गरेको पाएपछि परिवार र आफन्तले उजुरी दिएका थिए ।

तर सुसाइड नोट भने सामान्य रहेको ,कसै माथी आरोप नलगाईएको र घटानाको गम्भीर तरिकाले अनुसन्धान भइ रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रबिन्द्र खनालले बाँके अपडेट लाई बताए ।

प्रतिक्रिया

सम्बन्धित ख