
असोज-२२,बाँके ।
✍️बिजय काफ्ले
बाँके जिल्लाको सिमावर्ती क्षेत्रमा भारतीय प्रहरीको मनोमानी र दादागिरी शैलि देखिएको छ ।
भारतीय प्रहरीहरु नेपालमा प्रबेशगर्दा बिना हातहतियार अनुमती लियर मात्र प्रबेश गर्न पाउने प्रबधान रहेको छ । तर बाँके जिल्लाको जमुनाह नाकामा कसैको अनुमति नलिइ नेपाल प्रहरी,सशस्त्र प्रहरि र ट्राफिक प्रहरी को मुखअघि बाट नै कानुनको धज्जी उढाउदै भारती प्रहरी नेपाल प्रबेश गर्दछन ।
त्यो दृश्य सबै सुरक्षा निकायका ब्यक्तीले देखेपनि नदेख झै गरे ।जुनसुकै ब्यक्तिले पनि नेपालमा प्रबेश गरेपछी नेपालको संविधान अनुरुप कानुन मान्नु पर्ने हुन्छ तर ट्राफिक नियमको उल्लघन गर्दै बिना हेल्मेट र बिना सोधपुछ सिधै भारतीय प्रहरि नेपाल प्रबेश गर्छन । सबै सुरक्षा निकाय देखे नदेखे झै गरि बस्छन ।
बाँके ट्राफिक त अझ चेकिङ भन्दै असुलीमा ब्यस्त देखिन्छ । तर आँखा अघि भारती प्रहरिको ज्यादती देख्दैन बाँके ट्राफिक प्रहरी ।
यसरी प्रहरीहरुको अघि नियमको ठाडो उल्लङ्घन गरेको पहिलो घटना भने हैन । यो एक प्रतिनिधि मुलक घटना मात्र हो । यसरी भारती प्रहरीको सिमावर्ती क्षेत्रमा निकै ज्यादती हुने गरेको देखिन्छ ।
नेपालि जनता प्रती भारतीय प्रहरीको हेपाह प्रवृत्ति; प्रहरी,प्रशासन टुलु टुलु हेरेर मात्र बसेको छ । तर कुनै कार्बाही अघि बढाउन सकेको छैन । भने यसरि बिना हेल्मेट ट्राफिक कै अघाडी भारती प्रहरी प्रबेश गर्दा ट्राफिक प्रहरी टुलुटुलु हेरेर मात्र बस्दा बाँके ट्राफिक प्रहरी ब्यवस्थापन निकै कमजोर देखिन्छ ।