
२२ असोज,
बाँके । अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बाँके प्रहरीले बरामद गरेको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नं. १५ स्थित इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याएको लत्ता कपडा, सुपारी, साईकल, बंगुर, खुद्रा समान लगायतका विभिन्न सामानहरू अन्दाजी मुल्य ५,२२,३१०।– (पाँच लाख बाइस हजार तिन सय दस) रुपैयाँ बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त सामान थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको प्रहरीले जानकारी गराएको छ ।