
२२ असोज,
प्रहरी प्रधान कार्यालय मानवस्रोत एंव प्रशासन विभाग भर्ना छनौट महाशाखाले नेपाल प्रहरी सहायक निरीक्षक तथा प्राविधिक प्रहरी जवान पदमा भर्ना खुलाएको छ ।
आज २२ गते शुक्रबार यो सुचना प्रकाशित गर्दै नेपाल प्रहरी सहायक निरीक्षक तर्फ जम्म ३६७ र प्राविधिक प्रहरी जवान तर्फ ४१४ जना को माग गरेको छ ।
नेपाल प्रहरी सहायक निरीक्षक तथा प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना आव्हान (हेर्नुहोस् विज्ञापनसहित)
नेपाल प्रहरी जनपद समुह तर्फ प्रहरी सहायक निरिक्षक र प्राविधिक समुह आन्तर्गत विभिन्न उपसमुह तर्फ रिक्त प्राविधिक प्रहरी जवान पदहरुमा खुला प्रतियोगिता समावेशी प्रावधान बमोेजिम पदपुर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेको नेपाली नागरिकहरुबाट रु १० को टिकट टाँसी स्वयम उपस्थित भई दरखस्त पेश गर्न अनुरोध गरेको छ ।
दरखास्त फाराम दर्ता मिति २०७८ कार्तिक ३ गते देखी माँसिर १२ गते सम्म समय विहान १० बजे देखी कार्यालयको समय सम्म आवेदन दिन सकिने जानकारी गराएको छ ।
विस्तृत जानकारीको लागि तल रहेको विज्ञप्तीमा हेर्नुहोस्