
२१ असोज,
कपिलबस्तु । आज्ञत समुहद्वारा गोली फायर गरी नगद ८ लाख लुटेर फरार भएका छन ।
आज करिब ३ः४५ बजेको समयमा कपिलबस्तु बुद्धभुमि नगरपालिका वडा नं. १० तिलौरकोट स्थित सामुदयिक साझेदारी वन धनकौली नजिक तौलिहवा गोरुसिङ्गे सडक खण्डमा रहेको शोभा ईट्टाभट्टाबाट तौलिहवा तर्फ जाँदै गरेको प्रदेश न ३–०१–२३ च ८०८९ नं. को सानो गाडिमा सवार मायादेवि गाउँपालिका वडा नं. ४ को चाक्करचौडा निवासि शोभा ईट्टाभट्टाका मालिक बर्ष ४० का रामरक्षक जैसवाललाई अज्ञात समूहले गोली प्रहार गरेर रकम लुटना खोज्दा उक्त गोली व्यक्तिलाइ नलागि गाडिको ढोकामा लागेपछि गाडीलाई रोकी ८ लाख रकम लुटि फरार भएको स्रोतले बाँके अपडेटलाई जानकारी दिएको छ ।
सो रकम एन आइ सी एसिया बैकंबाट रकम निकाली ईट्टाभट्टामा काम गर्ने कामदारहरुलाइ बाँडने भनि निकालेका हुन ।
घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको स्रोतले जनाएको छ ।