
२१ असोज,
कैलाली । ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलिग्राम चरेस सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, डडेल्धुरा अजयमेरु गाउपालिका वडा नं ४ घर भई हाल जिल्ला कैलाली धनगढी उप–महानगरपालिका वडा नं १३ राजपुरमा बस्ने बर्ष ३४ कि आशा बिष्ट रहेकी प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुासार, बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटि गएको प्रहरी टोलीले कोठामा लुकाई छिपाई राखेको अबस्थामा ब्राउन सुगर, चरेस र नेपाली रुपैया रू.१२,२००÷– समेत फेला पारी आशा बिष्टलाई पक्राउ गरी लागु औषध मुद्दा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।