
२१ असोज,
बर्दिया । बलेरो जिप दुर्घटना हुदा १० जना घाइते भएका छन भने एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्युहुनेमा, मधुबन नगरपालिका वडा नं. ५ बस्ने वर्ष ८० की रुप्सी कुमालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आज करिब २ः३० बजेको समयमा जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ३ को दम्की भन्ने स्थानमा भुरिगाउँबाट गुलरिया तर्फ आउँदै गरेको भे.१.ज. ८७९ नम्बरको बलेरो जिप साईकल यात्रीलाई बचाउन खोज्दा आफै अनियन्त्रित भई सडक देखी १७ फिट टाढा साइडमा खसी दुर्घटना हुदा जिपमा सवार ११ जना यात्रु मध्य १ जनाको मृत्यु भए संगै १० जना गम्भिर घाइते उनीहरुको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार भाइरहेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटना पश्चात फरार रहेका चालक सुर्खेत घर भई हाल जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ३ बस्ने पहर सिंह बडवाललाई नियन्त्रणमा लिईसकेको प्रहरी जानकारी गराएको छ ।
जिप दुर्घटनाबाट घाइतेहुनेहरुमा
१) जिल्ला बर्दिया गेरुवा गा.पा.३ बस्ने बर्ष अ.१९ को मनिराम थारु
२) जिल्ला बर्दिया मधुवन न.पा. ५ बस्ने बर्ष अ.७५ को धनिराम कुमाल
३) जिल्ला बांके नेपालगंज उ.म.न.पा.२ बस्ने बर्ष अ.३० की भावना के.सी.
४) जिल्ला बर्दिया गेरुवा गा.पा.४ बस्ने बर्ष अ.६४ को नर प्रसाद काफ्ले
५) जिल्ला बर्दिया गेरुवा गा.पा बस्ने बर्ष अ.१८ को सनम थारु
६) जिल्ला बर्दिया राजापुर न.पा.४ बस्ने बर्ष अ.६१ को खुशीराम थारु
७) जिल्ला बर्दिया ठाकुरबाबा न.पा.३ बस्ने बर्ष अ.५४ की भुन्टि थारु
८) जिल्ला बर्दिया मधुवन न.पा.९ बस्ने बर्ष अ.२० को आशिष थारु
९) जिल्ला बर्दिया मधुबन न.पा.६ बस्ने बर्ष अ.२३ की सोनम बि.क.
१०) जिल्ला बर्दिया गुलरिया न.पा.७ बस्ने बर्ष अ.७० को चक्रपाणी घिमिरे