
माघ -१,बाँके
संविधानसभा सदस्य तथा भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य, पुर्ब मन्त्री दिनेशचन्द्र यादवको मृत्यु भएको छ । कोरोना संक्रमणका देखिएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा लगिएको थियो । उपचाररत यादवको आज विहान चार बजे निधन भएको हो ।
कोरोना संक्रमण भएर बाँकेबाट उपचारका लागि काठमाडौं ल्याइएका यादव केही समयअघि कोरोना मुक्त भएका थिए । ७५ वर्षीय यादवमा मुटुसम्बन्धी रोग पनि रहेको थियो । यादव सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री, संविधानसभाका सदस्य, हाल भूमि व्यवस्थापन तथा सुकुम्बासी आयोगका सदस्य तथा नेकपाको बाँके जिल्ला इन्चार्ज थिए ।