२१ असोज,

बाँके । नेपालगंज स्थित अवैधरुपमा जमुनाहा भन्सार छलि ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नं. १० र १९ स्थित लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याएको लत्ता कपडा, पास्ता, घण्टी, सुपारी र पितलको भाडा लगायतका सामानहरु गरी अन्दाजी मुल्य २,९८,०५०।– (दुई लाख अन्ठानब्बे हजार पचास) रुपैया बराबरको सामान फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त बरामद गरेको सामान थप आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख