
२० असोज,
बाँके । लागु औषध मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन ।
सम्मानित बाँके जिल्ला अदालतबाट लागु औषधमा २०७५ असोज २० गते को फैसलाले ११ दिन कैद सजाय तोकिए पछि फरार रहेका बाँकेको जानकी गाउँपालिका वडा नं. ६ स्थित पिप्रहवामा बस्ने २५ वर्षिय पटवारी लोध लाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।