
२० असोज,
लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत आज नयाँ बजेट ल्याउँदै छ ।
आज बिहिबार दिउँसो एक बजे बस्ने लुम्बिनी प्रदेश सभाको बैठकमा सरकारको तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिएका छन ।
यसअघि प्रतिपक्षी दलहरूको असहयोगका कारण बजेट पारित हुन नसकेपछि तत्कालीन शंकर पोखरेल नेतृत्वको सरकारले चालु आर्थिक वर्ष ०७८÷०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
एमालेले स्वतन्त्र सांसद अजय शाही र गत १९ वैशाखमा माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई आफ्ना सांसद दावी गर्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने मागसहित लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ ।
एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले आजको बैठक पनि अवरुद्ध पार्ने बताएका छन ।