१९ असोज,

बर्दिया । धान तथा गहुँको कारोबार गर्छु भनि ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, धान तथा गहुँको कारोबार गर्छु भन्ने विश्वास दिलाई रू.३७,४७,५८५÷– ठगी फरार रहेका जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नं.४ अस्नेरी बस्ने ललित खड्का र जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.३ मदनचोक बस्ने महेश रोकायालाई बर्दिया जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरी उनीहरुमाथि ठगी सम्बन्धि कसुरमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख