
पौष-२९,बाँके
✍️बिजय काफ्ले
देशका विभिन्न जिल्लाहरुमा आहिले पछिल्लो समयमा यौन ब्यवसायहरु खुल्ला रुपमा चल्दै आएको देखिन्छ ।तर प्रहरी र प्रशासन भने सबै तिर मौन देखिन्छन । त्यसै गरि बाँकेको कोहलपुर,हवल्दारपुर, राझा, बिपि चोक, बसपार्क क्षेत्रमा यौन ब्यवसाय यत्र तत्र रुपमा जो कोहि पनि देख्न सक्छन । यौन को मोल मोलाइ बाटो देखि होटेल सम्म भएको नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्क क्षेत्रमा देख्न सकिन्छ ।
हामिले गरेको प्रत्यक्ष रिपोटिङमा(गोप्य कुराकानीमा) एक यौन धन्दा (ब्यवसाय)चलाउदै आएका मालिकमा अनुसार “केही प्रहरीका जिल्ला , क्षेत्र , बिट,देखि इलाका सम्मका प्रहरिले पेट्रोल खर्च मासिक लैजाने” गरेको उनको भनाइ छ । केही इलाका र जिल्लाका प्रहरी भने “म घुमुवा हु” भन्दै सादा पोसाकमा आएर धम्की दिदै फगतमा त्यहा गएर आफै यौनमा रमाउने गरेको संचालक बताउछन । घुमुवा कै माध्याम बाट ईलाका कोहलपुरका प्रमुख देखि जिल्ला प्रहरी प्रमुखको सेटिङ मिल्ने गरेको उनी बताउछन(नाम नबताउने सर्तमा)।
नेपालगन्जमा केही समय अगाडी वडा प्रहरिका प्रहरी निरीक्षकले आफुले त्यहाको प्रमुख सम्हालेका केही दिनमा नै केही होटलमा छापा हानेका थिए । त्यस पश्चयात न त कुनै छापा हानियो न त कुनै खोज अनुसान्धान नै । त्यसकारण जानकारहरुका अनुसार “असुली कै लागि छापा हानिएको थियो,सेटिङ मिलेपछि प्रहरी मौन बसेको बसेको” केही बुद्दिजिबी बताउछन ।
कोहलपुरको बस पार्क क्षेत्र र हवल्दारपुर क्षेत्रमा खुलेआम यौन धन्दा चलाएको बारेमा इलाका प्रहरी कर्यालय लाइ जानकार नभयको पनि होइन । तर प्रहरीकै सेटिङ कै कारण मुकदर्शक भएको जानकार हरु बताउछन ।प्रहरी जवान देखि विभिन्न पदका ब्यक्ति आफै मनोरञ्जन भन्दै यौन मोलमोलाइ गर्न जाने गरेको एक होटल संचालकले बताउछन ।
यो समाचार र घटना नौलो कुरा होइन । यस बिषयमा प्रहरि प्रशासन चनाखो हुनु पर्ने देखिन्छ ।यस्ता घटनाले समाजमा गम्भीर समस्या देखिने र बिकराल आबस्था आउन सक्ने कुरा सोझै अनुमान लगाउन सकिन्छ ।तसर्थ प्रहरी प्रशासन चनाखो हुनु आवश्यक छ ।