ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु, प्रहार गर्ने व्यक्ति नियन्त्रणमा

७ कार्तिक,

रुकुम पश्चिम। रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।

शुक्रबार साँझ स्थानीय बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथ घरनजिकैको बाटोमा खेलिरहेको अवस्थामा सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि ढुङ्गाले टाउकोमा प्रहार गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि स्वास्थ्य चौकी पिपल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइएको थियो। उपचारकै क्रममा शुक्रबार राति करिब १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी मानसिक अवस्था ठीक नभएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares