
१९ असोज,
बर्दिया । भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छली सामान ल्याउने क्रममा चार भारतीय नागरिक पक्राउ परेका छन ।
प्रहरी चौकी भिम्मापुर बर्दियाबाट खटिएको प्रहरी टोलिले जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं. ६ टपरा स्थित साईकलमा भारतबाट भन्सार छली ल्याउदै गरेको अन्दाजी मुल्य रू.२०,०००÷– बराबरका फेन्सी, कस्मेटिक, तथा भाडाकुडा सामानसहित पक्राउ गरेको हो ।
सोही क्रममा सिमा प्रहरी चौकी मथुरा बर्दियाको गस्ती टोलिले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.१० सुईया चोक स्थित अन्दाजी मुल्य रू. २०,०००÷– बराबरका आइटेल कम्पनीका सादा मोबाईल सेट २० थान सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
उक्त बरामद गरेको सामान सहित थप आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरीले जनाएको छ ।