
१९ असोज,
मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपीओ भोलिदेखि बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले भोली असोज २० गते बुधबार देखी आईपीओ खुल्ला गर्दै ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
कम्पनीले खुलाएको आइपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ भने कम्पनीको माग अनुसार अवेदन नपरेको खण्डामा कार्तिक ३ गते सम्म अवेदन दिन सकिनेछ ।
यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन पाइनेछ ।
कमपनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन् ।
यस कम्पनीको आइपिओमा अवेदन दिनको लागि सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन ।
सोहीक्रममा यस कम्पनीमा अवेदन दिएका मध्यबाट आइपिओ १० कित्ताका दरले बाँडफाँड गर्ने हो भने ८ लाख १९ हजार आवेदकले पाउनेछन् ।