
१८ असोज,
बाँके । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समयमा ३ जना डिस्चार्ज भएका छन ।
भेरी अस्पताल र मेडिकल कलेज कोहलपुर गरी दुईवटा प्रयोशालाम ९६ जनाको नमुना परिक्षण गर्दा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र तीमध्ये बाँकेका १० जना रहेको जिल्ला कोभिड फोकल पर्सन तेज ओली जानकारी दिए छन् ।
उनका अनुसार, योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २४८ पुगेको छ । र डिस्चार्ज हुनेको संख्या १७ हजार ८५६ पुगेको कोभिड फोकल पर्सन ओलीले बताए ।