१८ असोज,

अमेरिकी सरकारको विदेश मन्त्रालयले २०२३ को लागि (डिभी) लोटरी भर्ने मिति घोषणा गरेको छ ।

न्युयोर्क समय अनुशार २०२१ अक्टोबर ६ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ९ मंगलबार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । भने नेपाली समय अनुसार २०७८ असोज २० गते बुधबार बेलुका पौने १० बजेदेखि डिभी लोटरी भर्न सकिनेछ ।

त्यसैक्रममा एउटाभन्दा धेरै आवेदन दिनेहरु स्वत अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी समेत दिएको छ ।

विदेश मन्त्रालयका अनुसार, डिभी २०२३ का विजेताहरुले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ ।

विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभीमा आवेदन दिन पाउनेछन ।यसपटक डिभीमा बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, यूके, भेनेजुएला र भियतनामका नागरिकहरुले आवेदन दिन पाउनेछैनन भने मकाउ र ताइवानका नागरिकले डिभिमा सहाभागि हुन पाउनेछन ।

डिभीका लागि योग्य नभएका देशका नागरिकको दम्पत्ति योग्य देशको भएको खण्डमा त्यस्ता व्यक्ति डिभीका लागि योग्य हुनसक्नेछन् । त्यस्तै बुबाआमामध्ये एक कुनै योग्य देशमा जन्मिएको भएमा पनि छोराछोरीहरुले उक्त देशको आधारमा डिभी भर्न सक्नेछन् ।

उक्त डिभिमा आवेदन दिन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ । साथै डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न अमेरिकी सरकारको विदेश मन्त्रालयले सुझाव दिइएको छ ।

त्यसैगरी विवाहित दम्पातिले आफ्नो सम्पुर्ण विवारणका साथै छोराछोरीको समेत विवरण भर्नुपर्ने छ ।

डिभी भर्दा सरकारको आधिकारिक वेवसाइटबाटमात्र भर्नुपर्छ । अक्टोबर ६ पछि सरकारको आधिकारिक वेवसाइटमा डिभी भर्ने लिंक उपलब्ध हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख