१८ असोज,

आइतबार बसेको बैठकमा नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषण गरेको छ ।

सञ्चालक समिति बैठकले गत वर्ष २०७७÷७८ को मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले यसपटक १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ ।

बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषण गरे संगै नगद लाभांशतर्फ कुल ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ खर्चिनेछ । लाभांश भने नियामक राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिनेछ ।

सोही बैंकले गत वर्ष बैंकले १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश गरी कुल १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख